• २०८३ बैशाख ८ गते मङ्गलवार

‘हाम्रो क्षेत्रका जनता हैनन्’के मन्त्रीका क्षेत्रमा मात्र जनता हुन ,सांसद थापा

पढ्न लाग्ने समय : २ मिनेट

असार २४ सुर्खेत । दैलेख क्षेत्र नम्बर २ बाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य शुसिल कुमार थापाले आफ्नो क्षेत्रका कुनै पनि योजना किताबमा नसमेटिएको भन्दै आक्रोश पोखेका छन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मँगलबार वार्षिक बजेटमाथिको छलफलमा भाग लिँदै सांसद थापाले यस्तो बताएका हुन । गत बर्ष पनि आफुले आफ्नो निर्वाचन क्षेत्रमा बृहत छलपल गरेर नै २७ योजनाहरुको फाईल बुजाएको थिय । जसमा ११ अन्तै परे दुईवटा समेटीय जस्मा अहिले एक योजना कार्यान्वयनमा आयो एक योजना हालसम्म पनि कार्यान्वयनमा आउन सकेन । मन्दिर भयकै कारण होला ध्यान दिईएन ,उनले भने ।
आर्थिक बर्ष ०७६/ ०७७मा पनि ‘मसँग योजनाको माग लेटरप्याड सहितको ल्याउन भनियो,’ल्याएका ‘मेरो फाइल नै गायब पारिएकाले यो रातो किताबमा मैले कुरा गर्न आवश्यक ठानिन ।’ सांसद थापाले यहाँ भन्दा अगाडि तिनवटा रोष्टममा नबोलेको र बोल्न नचाहेको हो तर , मन्त्री नन्दसिंह बुढाको क्षेत्रमा ५१ वटा योजना पर्दा आफ्नो निर्वाचन क्षेत्रमा एक वटा मात्रै पारिनु निकै ठुलो घात भएको बताए । ‘यस्तो पक्षपातपूर्ण बजेट विनियोजन गर्ने अधिकार मन्त्रीलाई कसले दियो ?’ उनले प्रश्न गरे, ‘बजेट मन्त्रीले हो कि विचौलियाले हो बनाएको ?’उनले भने ,पञ्चकोशी क्षेत्रको योजना पार्न पटक–पटक फोन , म्यासेज गर्दा गर्दा त्यो मात्र कताबाट पर्न गएछ । ‘सांसद थापाले भने , हाम्रो क्षेत्रका जनता हैनन् ,के मन्त्रीका क्षेत्रमा मात्र जनता हुन । दैलेखको दुल्लु समर्गमा भन्नेहो भने पनि निकै पर्यटकीय सम्भावना भएको क्षेत्र हो ,त्यहाँ पर्यटन मन्त्रीको आँखा परेन , उनले भने । आफु सत्ता पक्षको साँसद भएकोले सत्तापक्षले विरोध गर्नुहुँदैन भन्ने होला, विरोध के का लागि हुन्छ ? सरकारकालाई बलियो बनाउँनका लागि विरोध हुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस