भक्तपुर । हिजोआज जताततै दिन प्रतिदिन दुर्घटना बढिरहेको छ । भक्तपुरको सुर्य विनायकमा स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अर्का एक जना घाईते भएका छन् ।
सूर्यविनायक नगरपालिका ६ मा पर्ने घलातेमा बा ९५ प ३३१८ नम्बरको स्कुटर दुर्घटनामा परी सिन्धुपाल्चोक घर भई सूर्यविनायक बस्दै आएका स्कुटर चालक २६ वर्षका राजीव लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।
दुर्घटनामा परी घाईते भएका रामेछापका पासाङ तामाङको मध्यपुरठिमी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।