• २०८३ जेष्ठ ७ गते बिहिवार

युभेन्टस चौथो स्थानमा उक्लियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, काठमाडौं । डुसान भाल्होभिक र डेनिस जाकारियाको गोलमा युभेन्टसले आइतबार राति इटालियन सिरी ‘ए’ फुटबलमा हेलास भेरोनालाई २–० ले पराजित गरेको छ । घरेलु टोली युभेन्टसले भाल्होभिकको गोलबाट १३औँ मिनेटमा अग्रता लिएको थियो ।

सर्बियाका स्ट्राइकर भाल्होभिक यही ‘जनवरी ट्रान्सफर विन्डो’मा फियोरेन्टिनाबाट पाँच करोड ८० लाख पाउन्डमा युभेन्टस आएका थिए । उनले पाउलो डिबालाको पासमा गोल गरेका हुन् । जारी सिजन उनको यो १८औँ गोल हो । धेरै गोल गर्नेमा उनी लिजियोका सिरो इमोबिलसँगै शीर्ष स्थानमा छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस