• २०८३ बैशाख ९ गते बुधवार

नेप्से १६.६७ अंकले बढ्यो, २ अर्ब ७९ करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २, काठमाडौं । नेप्सेमा आज वृद्धि भएको छ । आइतबार नेप्से १६.६७ अंकले बढेर २५०३.८५ विन्दुमा पुगेर रोकिएको छ । आज ३२३ कम्पनिका ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २ अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ मा कारोबार भएको थियो । आज विकास बैंक, म्युचुअल फन्ड र निर्जीव बीमा क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।

आज आत्मनिर्भर लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने हिमालय पावरको ९.८९ प्रतिशतले बढेको छ । हिमालय ८०-२० को शेयर ६.१० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको २८ करोड १० लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको २५ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस