• २०८३ मङ्सिर १ गते सोमवार

दयाहाङ भन्छन्, ‘स्वास्थ्य रहन मानिस सजग हुनपर्छ’

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२ ,काठमाडौँ । अभिनेता दयाहाङ राईले स्वास्थ्य रहन मानिस सजग रहनुपर्ने बताएका छन् ।

‘डबल सी’ नामक भिटामिन जुसको ब्राण्ड एम्बासडर समेत बनेका दयाहाङले स्वास्थ्य रहन भिटामिन सी निकै उपयोगी रहेको बताए ।

उनले भने, ‘हामीले कार्य व्यस्तताले गर्दा शरिरलाई चाहिने भिटामिन सी पाइरहेका हुँदैनौ जसलाई केहि हदसम्म यसले पुरा गर्नेछ, ‘यसको टेस्ट पनि राम्रो त्यसैले अन्य ड्रिंक्सको सट्टा यसलाई प्रयोग गर्दा स्वास्थ्यलाई पनि मद्दत गर्छ । ‘मैले यसको मापदण्ड र अन्य सबै फाइदा तथा बेफाइदाको बारेमा बुझेर मात्र ब्राण्ड एम्बासडर बन्ने सहमति दिएको हुँ ।’

दयासँगै यसको ब्राण्ड प्रवद्र्धनमा अभिनेत्री वर्षा सिवाकोटीले पनि सघाउने छिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस