चैत २५,सुर्खेत । वरिपरि घेरबार, बिचैमा विद्यालय,अनि बिचैमा विद्यार्थीका अभिभावक लाईनबद्ध तरिकाले बसेका,विद्यार्थी पनि सँगै चिटिक्क परेको विद्यालय अनि, च्वाट्ट परेका विद्यार्थीहरु,नरम स्वभाव भएको विद्यालय परिवार,सुर्खेतकै उत्कृष्ट विद्यालयको नामले चिनिएको वीरेन्द्रनगर नगरपालिका —१२ चनौटे स्थित हस्तवीर सामुदायिक प्राथमिक विद्यालय । शिशु कक्षा देखि ५ कक्षा सम्म अध्यन हुँने उक्त विद्यालयको २७ औँ बार्षिक उत्सव अवसरमा सोमबार एक कार्यक्रमका विच २७ औँ बार्षिक उत्सव मनाईएको छ ।
१७ बर्ष देखि ७० सम्मका महिलाको लागि प्रौढ शिक्षा पनि पढाई हुँने उक्त विद्यालय ‘तल्लो तहमध्ये जिल्लाकै धेरै विद्यार्थी हुँने मध्य एक हो ।’
विद्यालयको बार्षिक उत्सवको अवसरमा बोल्दै सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित साँसद नवराज रावतले बोडिङ स्कुल हैन,अव, बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउँनु पर्ने बताएका छन् । उनले भने सरकारी विद्यालयले नै नेपालमा शिक्षाको राम्रो अनुभुति दिएक छन् । ‘बालबालिकालाई कस्ता बनाउँने भन्ने मुख्य ध्याय अभिभावकले हेक्का राख्नु पर्छ रावतले भने नेपालको सबैधानिक प्रर्णाली अनुुसार देशले गति बढाउँन लागेकाले शिक्षा क्षेत्रलाई बिषेश तरिकाले सरकारले हेरेको साथै नेपालका हरेक उच्चस्तरि ठाउँमा भने सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीले नै स्थान लिएका छन् ।’

आफ्नो भेषभुषामा च्वाट्ट देखिएकी विद्यालयकी छात्रा(नृत्यङ्गना)
२०४८सालमा स्थापना भएको हस्तवीर विद्यालयले हालसम्म ठुलो संघर्षका बाबजुत राम्रो प्रगती गरेको देखिन्छ । गत बर्ष स्थापना गरेको अक्षय कोषले हाल सम्म ३लाख ५३हजार ३सय ५५रुपैयाँ जम्मा गरेको छ ,’विद्यालय व्यबस्थापन समिति अध्यक्ष पुर्ण प्रसाद पौड्यालले भने आगामी चैत मसान्त सम्म कोषमा रु.१०लाख पुरयाउने उत्सवमा घोषणा समेत गरिएको छ । उनले,अक्षय कोषमा आमा र बुबाको नाममा ३०हजार जम्मा गर्ने घोषणा गर्दै,विद्यालयलाइ सर्खेतकै नमुना विद्यालयमा घोषणा गर्ने बताए ।
अक्षय कोष बैँकमा राखि त्यसबाट प्राप्त व्याज बाट गरिब, विपन्न विद्यार्थीको शैक्षिक गुणस्तरवृद्धि र छात्रवृद्धि वितरणमा सहयोग पुग्ने भएकोले यस्तो निर्णय गरेको विद्यालयका प्र.अ धनबहादुर ढेङ्गा मगरले बताए । उनल, ९२बर्षिय आमा मनिषा र बुबा मकर सिंह ढेङुगाको नाममा आमालाई हात समाई अक्षय कोषमा रु.२५ हजार ५सय ५५रुपैयाँ चेक सहित आजकै मितिदेखि हस्तान्तरण गरेका छन् ।
कलानै काफि छ ।
साना—साना नानिहरु । नेपालि मौलिक्ता झल्किने च्वाट्ट सुहाको पहिरन । छ्याङ—छ्याङ बजेका चुरा । खोट लाउँने ठाउँनै छैन् । तालमा कति राम््रो नाच । ती विद्यालयका छात्राहरु रिजल्टको नतिजा प्रकाशनमा पुरस्किृत पनि भए केहि । सबैको मुस्कान जेहनदारको जस्तै ।’हुँनत नेपालि गीत सँगीतमा पछिल्लो समय सस्कृतिको तेति ख्याल नगरिएका गीत सँगीतहरु बजारमा आएका हुँन्छन् । समाज रुपान्तरणमा सहयार्थ लोग गीतको विधा सम्बन्धित कौरा भाकामा उनीहरुको नाचै काफि कति प्रशँसा योग्य । गीतले यस्तो भन्दै थियो ।
जीन्दगीत दुई दिनको पाहुँना हो ,
विताउँ जुनी हाँसेर , माया गाँसेर
कलाको तारिफ कति गर्नु, अर्काे त्यो भन्दा अलि साना नानीहरु ।उनीहरु पनि उस्तै ।‘छात्राले आफै सेकेका हुँन शिक्षको भनाई थियो ।’ कलाको माध्यमबाट विद्यालयको नाम उच्च राख्न सक्छन् ,एक शिक्षिकाले भनिन् ।