• २०८२ असार ५ गते बिहिवार

उदयपुरबाट नक्कली नोट सहित एक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, उदयपुर । चौदण्डीगढी नगरपालिका-५ सिवाई बस्ने मोहम्मद अनिल मियालाई च्यातिएको अवस्थामा रहेको १ हजार दरका २ वटा र लुकाई राखेको १ हजार दरका थप ३९ वटा नक्कली नोट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मोहम्मदले सोही ठाउँस्थित किराना पसलमा १ सय ४० रुपैयाँको सामान किनी हजार रुपैयाँको नोट दिएर ८ सय ६० फिर्ता लिएकोमा उक्त नोट नक्कली रहेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरीले मोहम्मदको घर तलासी गर्दा उक्त नोटहरु फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस