• २०८२ असार ५ गते बिहिवार

पूर्वडीएसपी सेट्ठीसहित ६ प्रहरी पक्राउ : निर्मला पन्त बलात्कार–हत्या प्रकरण

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, कन्चनपुर । निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा केही महिनाअघि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउद सहित ६ जनलाई नियन्त्रणमा लिइएको हो ।

कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग सम्बन्धित प्रमाण नष्ट गरेको र असम्बन्धित मानिसहरुलाई शारीरिक तथा मानसिक यातना दिएको भन्दै मुद्दा दर्ता भएको थियो । यातना र प्रमाण नष्टसम्बन्धी मुद्दाको अनुसन्धान सकेर अदालतमा मुद्दा बुझाउने क्रममा संलग्न प्रतिवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) विष्ट चाहिँ पक्राउ परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस