- सारदा कार्की
मुखले मात्र हैन हातले काम गर्नु सक्नु पर्यो अब
यो देसको धरहरा बनाउँन अभीयानकारी नै जाग ।
अझै कती भुलाउँछौ बिचरा शोझा जनतालाई तिमी
अघि बढ अभियानकारि हो साथ दिन्छौ तिमीलाई हामी ।
धेरै भयो अभियान चलाएको धरहरा बनाउँदछौ भन्दै
किन ढिला भएको याहाँ धरहराको काम चलेन बन्दै ।
ठुलो धोको र चाहाँना थियो मेरो धरहरा उभिएको हेर्ने
कस्तो बन्छ मेरो धरहरा भनेर धरहराको चित्र कोर्ने ।
धरहरा हेर्ने चाहाँना अधुरै रहन्छ जस्तो लाग्न थाल्यो
कैले आउने होला नेताहरुको धरहरा बनाउने पालो ।
बन्छ होला अब धरहरा भन्दै कुरेको पनि धेरै भयो
धरहरा हेर्ने मेरो इच्छा पनि अब अधुरो नै रहने भयो ।
बनाउछौ धरहरा भन्दै नेताले पनि आसै मात्रै देखाउँदछन
एउटा अभियानकारी एक्लै बसी धरहरा भन्दै कराउँदछन ।
बन्ने थियो होला अभियानकारी सडकमा आएर कराए देखी
जनता सबै आउदथे देखिने थियो यिनीहरुको अल्झीएको सेखी ।
बिराटनगर, नेपाल