भदौ १७, काठमाडौं । नेपाली गायन रियालिटी सो नेपाली ताराको दोस्रो श्रृङ्खला जितेपछि सांगितिक बजारमा राम्रो चर्चा बटुलेका सन्तोष लामा नयाँ गीत लिएर आएका छन् ।
टिकटककी सेलेब्रिटी अमिता गुरुङलाई म्युजिक भिडियोमा खेलाएको हिट गीत मंसिर पछि उनले नयाँ गीत ”फेरि फेरि” बजारमा ल्याएका हुन ।उनको नयाँ गीत ”फेरि फेरि”को म्युजिक भिडियो मंगलबार उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीत र स्वर सन्तोष लामाकै रहेको छ । यो गीतका शब्द चाहिँ डिबी मोक्तानले लेखेका हुन् ।
सन्तोष लामा, रेखा लिम्बु, गौरव मोक्तान लगायतल अभिनय रहेको गितमा प्रेमिकासँग छुटेपछिका प्रेमीका भावना समेटिएको छ । गीतको म्युजिक भिडियो नवीन बाबु गुरुङले निर्देशन गरेका हुन् ।
हेर्नुहोस् भिडियोः