• २०८३ जेष्ठ ६ गते बुधवार

बस र ट्रक एक आपसमा दुर्घटना हुदा १२ यात्रुको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असोज १७,केन्या । केन्याको पश्चिमी क्षेत्रस्थित किसुमु शहरमा सवारी साधन दुर्घटना हुँदा १२ जना यात्रुको ज्यान गएको छ ।

बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।  दुर्घटनामा १२ यात्रुको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा दर्जन बढी घाइते भएका छन् । किसुमुका प्रहरी कमाण्डर बेनसन मावेयुले बस साइयाबाट नैरोबीका लागि छुटेको थियो ।

किरिचो राजमार्गमा बसले ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा ५१ जना यात्रु रहेका थिए ।

दुर्घटनामा बस र ट्रकका सवारी चालक दुबै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस