मंसिर १७ ,मोरङ । उर्लाबारी नगरपालिका–५ झुम्राहामा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
आज ना ८ ख ७०५३ नम्बरको टिपरले आज बिहान साढे ८ बजे पैदलयात्री स्थानीय जोगिन्दर मण्डलकी ४ वर्षीया छोरी राधिका कुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठककर दिने टिपर र चालकलाई इलाका प्रहरी उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।