• २०८२ जेष्ठ ३० गते बिहिवार

“राष्ट्रको विकासलाई बाधा र अवरोधको काम स्वीकार्य हुन सक्दैन;प्रम ओली

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १६ काठमाडौँ, । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमले मोबाइलमा उच्च गतिको फोरजी सेवा शुरु गरेसँगै मुलुकको विकास र प्रविधिका क्षेत्रमा नयाँ युग प्रारम्भ भएको बताउनुभएको छ ।सो सेवा शुभारम्म समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार नयाँ अभियानका साथ विकासको नयाँ गतिमा अघि बढिरहेको सन्दर्भमा पूँजी र प्रविधिको हस्तान्तरणबाट मानिसको जीवनमा रुपान्तरण गराउन आवश्यक रहेको बताउनुभयो ।

मुलुकमा शुरु भएको अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाइ गर्न नहुने र ढिलाइ गर्ने ठेकेदारसँग काम फिर्ता लिएर नयाँ ढङ्गले जानुपर्ने भएपनि अघि बढ्न उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रको विकासलाई बाधा र अवरोधको काम स्वीकार्य हुन सक्दैन, काम समयमा पूरा नभएमा ठेक्का फिर्ता लिनुस् र गुणस्तरीय काम नभएर लापर्वाही भएमा कारवाही गर्नुस्, सेवाग्राहीलाई सेवा दिएर देशको समृद्धिमा लाग्नुस् ।”

प्रतिक्रिया दिनुहोस