बैशाख २०, धादिङ । धादिङको पृथ्वीराजमार्ग थाँक्रे २ सिम्लेमा काठमाडौबाट चितवन जाँदै गरेको माइक्रोबस को एक पसल भित्र छिरेको छ ।

तिब्र गतिमा गएको बा.३ ख. १९६१ को माइक्रोबसको चालकले बस कन्ट्रोल गर्न नसक्दा बेबीकोट फुड प्राइभेट लिमिटेडको सटर भित्र छिरेको हो । माइक्रोबस सटर भित्र छिरे पनि पसलमा रहेका मानिसलाई भने केहि भएको छैन ।