• २०८३ बैशाख २७ गते आइतवार

चौरीको चाम्रो छुर्पी पछि टंक बुढाथोकीको नयाँ गीत ” रेवन चस्मा ” मा एलिशा राइको ठुम्का ( भिडियो सहित)

पढ्न लाग्ने समय : २ मिनेट

टंक बुढाथोकी नेपालका निकै चर्चित गायक र संगीतकार पनि हुन् । उनले थुप्रै गीतहरुमा संगीत भरेका छन् भने थुप्रै गीतहरुमा आवाज पनि दिइसकेका छन् । पछिल्लो समयमा उनी बढी चर्चामा आएका छन् । भर्खरै मात्र टंकको नयाँ गीत सार्वजनिक भएको छ ।

टंक बुढाथोकीको शब्द र संगीत रहेको ‘रेवन चस्मा’ बोलको गीतमा टंक बुढाथोकी र निरुता बानियाँको आवाज रहेको छ । निकै रमाईलो शैलीको गीतमा टंक अलिशा र बाल कलाकार अनिस र अनानीलाई फिचरिङ गराइएको छ । उक्त गीतलाई राजिव समरले कोरियोग्राफी गरेका हुन् ।

टंक बुढाथोकी नेपालि सांगेतिक दुनियामा एक परिचित नाम हो भने उनका दर्जनौ चर्चित गीतहरु बजारमा आएका छन। आज भन्दा १ वर्ष पहिले बाल गायक अशोक दर्जीलाई सहयोग र संरक्षण दिएका टंक बुढाथोकीको चर्चा झन भन्दा झन चुलिएर गएको छ। बाल गाएक अशोक दर्जी संग पहिलो गित मन बिनाको धन ठुलो बजारमा आए पछी गीतले निकै नै चर्चा कमाएको थियो।

त्यसपछी नेपाल लागायत बिदेशमा हुने सांगेतिक कार्यक्रमा उनको उपश्थिति झन् बाक्लिएर गएको छ भने नेपाल मा हुने प्राय सबै महोत्सबहरुमा टंक बुढाथोकी अशोक दर्जी र उनका छोरा ए आरको सहभागिता हुने गरेको छन् ।

https://www.youtube.com/watch?v=Zs29MF7SenQ

https://www.youtube.com/watch?v=Zs29MF7SenQ

Sharing

प्रतिक्रिया दिनुहोस