• २०८२ असार ५ गते बिहिवार

खिमराज गिरीको कविता ”शुभकामना छ तिमीलाई”

पढ्न लाग्ने समय : २ मिनेट
  • खिमराज गिरी

हिमाल, पहाड र तराईका बस्ती बस्तीहरुमा
पर्खिबसेका थियौँ तिमीलाई,
कैयौँ बसन्त र शिशिर ऋतुहरु
गुज्रिसक्दा पनि देख्न सकेनौं तिमीलाई,
सामन्ती कुसंस्कार र कुरितीको पर्खाल
तोड्न गाहै« भयो होला तिमीलाई,
अब त तिमी हिड्ने बाटाका काँडाहरु
सबै पन्छिइसकेका छन्,
अनि सामन्ती र कु(संस्कारका खाडलहरु
सबै पुरिइसकेका छन्,
त्यसैले त कयौँ वर्षसम्म संघर्ष गर्नुप¥यो,
तिमी आउने बाटाहरु बनाउनलाई,
अनि लोकतन्त्रको दरीलो हाँगाहरु समाउनलाई,
कैयौँ वर्षसम्मको निरंकुश दवाउनलाई,
अब त सजिलो हुन्छ होला यी बाटाहरु पार गर्न,
भन्नेले जे कुरा भने पनि,
गर्नेले जे कुरा गरेपनि,
निर्भिग्न र निडर भएर आयौँ तिमी,
जनताको सामुमा गणतन्त्र निडर भएर आयौ
तिमी आउने. बाटाहरुमा फूलका गुच्छाहरु लिएर
बसेका थियौँ हामी,
तिमीलाई स्वागत गर्नको निमित्त,
आशा थियो गरीबका बस्तीहरुमा पुग्ने छौ,
अनी उजाड मरुभूमि हरियाली बनाउने छौ,
भ्रष्टाचारको निरुपण गर्ने छौ,
प्राकृतिक वस्तुहरुको सदुपयोग गर्ने छौ,
जनताको लागि छाना, माना र नानाको बन्दोवस्ती गर्ने छौ
त्यहि आसले त
तिमी आउने बाटाहरुमा बसेका थियौं हामी फूलका मालाहरु लिएर,
तर अभैmपनि कँहि कतै तिमीलाई स्वागत गर्ने पात्रहरुको चरित्र देख्दा,
लाग्छ तिमीलाई प्रयोग गर्ने कोहि कुनै पात्रहरु गलत छन् या,
नेपालको भूगोलमा तिमी नै गलत भईदियौ,
या त उजाड वस्तीहरु र गरीवका झुपडीहरुको चित्कार अभैmपनि सिंहदरवारले नसुनेर हो,
या बमबार्ड, गोला वारुद र छिमेकी दाइको त्रासले हो,
अभैm पनि तिमीलाई हाम्रो देसको सिमास्तम्भ पहिल्याउन गाह्रो भईराखेको छ,
अनि ति अविरल बग्ने नदीहरुको वहाव र भंmकारको स्वर उतै विहार तिर मात्र सुनिन्छ,
सवै नभनौं कोहि नेतागणहरुलाई सयर र पयरमा ठीक्क छ,
तै पनि भ्रष्टाचार विरुद्धको गन्धले कोहि छटपटाउन भने थालेका छन्,
त कोहि आत्मदाह गर्दैछन्,
तर यो अविरल विकासको यात्रा अगाडि वढाउँदै जाउ तिमी,
देसमा भ्रष्टाचार र सुशासनको प्रत्याभूति जनतामा होस्,
शुभकामना छ गणतन्त्र तिमीलाई
धेरै धेरै शुभकामना छ ।

मध्यनेपाल- २ लमजुङ्क, हाल काठमाडौँ
९८५११९२०८८

प्रतिक्रिया दिनुहोस