• २०८३ बैशाख १८ गते शुक्रवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २०, काठमाडौं । मकवानपुर राक्सिराङ गाउँपालिका-५ बासढुंगाबाट ३ केजी अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका-८ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.७ ख ७२८२ नम्बरको बसलाई प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१५ लक्ष्मनवा राजु डिजल ग्यारेजमा मर्मत गर्न लागेको ना.५६ प ५४१७ नम्बरको मोटरसाइकलबाट ३ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

ग्यारेजमा मर्मत गर्न लागेको उक्त मोटरसाइकल जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्दा टेंकीभित्र प्लाष्टिकले बेरी राखेको अवस्थामा उक्त पदार्थ फेला पारी मोटरसाइकल धनि सोही महानगरपालिका-१० बस्ने २६ वर्षीय रामबाबु ठाकुर र सोही महानगरपालिका-१२ बस्ने २१ वर्षीय सहजाद मन्सुरीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस