• २०८३ मङ्सिर १२ गते शुक्रवार

प्रधानमन्त्रीको अनुमतिबिना विदेश भ्रमण गर्न पाउँदैनन् : पाकिस्तानका मन्त्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मन्त्रिपरिषद्का अन्य सदस्यलाई विदेश भ्रमणमा रोक लगाएको विवरणहरू सार्वजनिक भएका छन् । आफू सामान्यतया विदेश भ्रमण नगरेको र अन्य मन्त्रीहरूलाई पनि आफ्नो अनुमतिबिना विदेश भ्रमण नगर्न निर्देशन दिएको विवरणहरूमा जनाइएको छ ।

सरकारका मन्त्री र सिनेटर विदेश भ्रमणमा जानुभन्दा देशको जल्दोबल्दो समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । सामान्य गोष्ठी वा सम्मेलनको बहानामा सकभर मन्त्रीले विदेश भ्रमण गर्न नहुने उनको सुझाव छ । ‘हाम्रा लागि विदेश भ्रमणभन्दा सरकारी काम पहिलो प्रथमिकता हो,’ खानले भनेका छन् ।

यसैबीच, कोभिड संक्रमणको नयाँ भाइरस ओमिक्रोनको त्रास बढिरहेका बेला खोपसम्बन्धी नयाँ योजना घोषणा गरेको छ । सरकारले स्वास्थ्यकर्मी र ५० वर्षमाथिका मानिसहरूलाइ बुस्टर डोज दिने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस