• २०८३ बैशाख २२ गते मङ्गलवार

आज कक्षा १२ को नतिजा आउँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । कक्षा १२ को नतिजा आज शुक्रबार प्रकाशन गर्न बोर्डको बैठक बिहान बसेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

बोर्डको निर्णयपछि नतिजा सार्वजनिक हुँदैछ । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस