• २०८३ बैशाख १४ गते सोमवार

धनुषाबाट दुई राउण्ड गोली सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, धनुषा । धनुषा बिदेह नगरपालिका-९ ईटहर्वबाट भारत मधुवनी हर्लाखी थाना बिसौल बस्ने सुमित मण्डललाई २ राउण्ड गोली सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका विआर ३२ ए १७०३ र विआर ३२ ए ६५४४ नम्बरका मोटरसाइकल जाँचको लागि रोक्ने क्रममा मोटरसाइकल छाडी भाग्न खोजेका मण्डललाई प्रहरी चौकी ईटहर्वाबाट खटिएको प्रहरीले उक्त गोली र दुबै मोटरसाइकल सहित पक्राउ गरेको हो ।

हाल फरार रहेका उक्त मोटरसाइकलमा सवार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस