• २०८३ जेष्ठ ५ गते मङ्गलवार

स्थानीय तहबाट विकास निर्माणका प्रभावकारी कार्य हुनुपर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर १६, काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहबाट हुने सेवा प्रवाह र विकास निर्माणका कार्य प्रभावकारी भएमा समृद्ध नेपालको परिकल्पना पूरा हुने बताउनुभएको छ । बूढानिलकण्ठ नगरपालिकाको आठौँ नगर स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा काठमाडौँ क्षेत्र– ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोखरेलले संविधानमा दिइएको स्थानीय तहको अधिकारको प्रभावकारी कार्यान्वयनमा एमाले नेतृत्वको अघिल्लो सरकारले थालेका राम्रा कामको निरन्तरता हुनुपर्नेमा पनि जोड दिनुभयो ।]

एमालेका केन्द्रीय सदस्य डा राजन भट्टराई, वाग्मती प्रदेशसभा सदस्य दीपक निरौलालगायतले नगर स्थापना दिवसका अवसरमा शुभकामना दिनुभएको थियो । कार्यक्रममा सो नगरका १०० वर्षमाथिका पाँच जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने कोभिड–१९ का समयमा जनसेवामा समर्पित स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई सम्मान गरिएको थियो ।

नगर प्रमुख उद्धव खरेलले पालिकालाई विकास निर्माण र जनसेवाका लागि नमूनायोग्य बनाउन सक्दो कोसिस भइरहेको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस