• २०८३ बैशाख १६ गते बुधवार

भरुवा बन्दुक सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, दोलखा । जिरी नगरपालिका-३ काप्सा बस्ने ४९ वर्षीय राम बहादुर बस्नेतलाई १ थान भरुवा बन्दुक सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बस्नेतले मादक पदार्थ सेवन गरी भरुवा बन्दुक देखाइ घर परिवार सँग झै-झगडा गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जिरीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस