• २०८३ बैशाख २२ गते मङ्गलवार

पच्चीस किलो चरेससहित महिला पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर १५,बझाङ । प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् ।

सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस