• २०८३ बैशाख २० गते आइतवार

एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यलाई सर्वाधिक मत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, चितवन। नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् । चितवनमा भएको १०औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले १९७६ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।

उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित भएका छन् । पाण्डेले १९२५, नेम्वाङले १८६५, पौडेलले १८५६, ज्ञवालीले १८४२ र बादलले १७६८ मत ल्याएका छन् ।

तर, एमाले उपमहासचिव घनश्याम भुसाल भने उपाध्यक्षमा पराजित भएका छन् । उनले ७२५ मत पाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस