मंसिर १३, काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत आज राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ। केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाका अनुसार ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने छ । भोलि मतपरिणाम सार्वजनिक गरेर काठमाडौँ फर्किने जानकारी दिएका छन् ।

यसअघि ९ बजे रातिबाट मतदान सुरु हुने भनिए पनि केन्द्रीय सदस्यहरुमा सर्वसम्मतको प्रयास भइरहेकाले मतदानको समय सारिएको नेताहरुले बताएका छन् । सुदूरपश्चिम प्रदेशको खुल्ला सदस्यका तीनजना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि केन्द्रीय सदस्य सर्वसम्मत भएका छन् । अन्य प्रदेशहरुमा पनि सहमतिको प्रयास भइरहेको छ ।