• २०८३ भाद्र १७ गते बुधवार

प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् । आजको बैठकमा भोटेकोशी बाढीको विषयमा सरकारले जानकारी गराउने कार्यसूची तय भएकोमा प्रधानमन्त्री शाह आफैले संसदलाई बाढी बारे जानकारी गराउने भएको संघीय संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति भएपछि प्रतिनिधि सभाको बैठक आज बस्दैछ । अहिलेसम्म ११ सय भन्दा बढीको शव फेला परिसकेको छ भने ४ हजारभन्दा बढी सम्पर्कविहीन छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस