• २०८३ जेष्ठ ५ गते मङ्गलवार

राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद्(राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो ।

खेलकुदमन्त्री महेश्वर गहतराजले सदस्य सचिवका लागि तीन जनाको नाम मन्त्रिपरिषद्मा पेस गरेका थिए । युवा तथा खेलकुद मन्त्री गहतराजले घिसिङसहित, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषद्मा पेस गरेका थिए ।

घिसिङ नेपाल रग्वी संघको अध्यक्ष तथा नेकपा माओवादी वाग्मती प्रदेशको सचिवालय सदस्य हुन् । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सदस्य सचिवको निर्णय गरेको हो । सरकारले कात्तिक १ गते तत्कालीन राखेप सदस्य सचिव रमेशकुमाल सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस