• २०८३ बैशाख २४ गते बिहिवार

प्रदेशसभा सदस्य कोइरालाद्वारा बजेट बाँडफाँट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर १२, दमौली । गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँट गर्नुभएको छ । उहाँले चालु आर्थिक वर्ष २०७८/७९ को निर्वाचन क्षेत्र नं २ (क) अन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँट गर्नुभएको हो ।

रु दुई करोड बजेट विभिन्न ३० योजनामा विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । शुक्लागण्डकी, म्याग्दे र व्यासका दुई वडा समेटिएको क्षेत्रमा विभिन्न योजनाका लागि बजेट बाँडफाँट गरिएको हो । कार्यक्रमअन्तर्गत खेलमैदान निर्माण, टोल विकासको भवन निर्माण, सडक स्तरोन्नतिलगायतका योजनामा बजेट विनियोजन गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस