• २०८३ बैशाख २५ गते शुक्रवार

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११,भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ आदर्श चोकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ।

प्रहरीका अनुसार बा ३ ख ५४२३ नम्बरको टिपरले बा ५७ प ३११३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा घर भइ ललितपुरको कुसुन्ती बस्दै आएका २४ वर्षका असिम लिम्बुको मृत्यु भएको हो ।

स्कुटरको पछाडि रहेका ललितपुर पाटनका २६ वर्षका सन्दीप महर्जन घाइते भएका छन । महर्जनको उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस