मङ्सिर ७, झापा । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत झापाका ५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । सोमबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं १ मा ईन्द्रबहादुर बुढाथोकी विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी गोपाल तामाङलाई पछि पार्दै जीत हासिल गर्नुभएको हो । क्षेत्र नं २ मा खगेन्द्र मौनाली निर्वाचित हुन भएको छ । क्षेत्र नं ३ मा गणेश पोखरेल निर्वाचित हुनुभयो । पोखरेलले आफ्ना प्रतिस्पर्धी राजेन्द्र घिमिरेलाई पराजित गर्दै सभापति बन्नुभएको हो ।
क्षेत्र नं ४ मा जयनारायण शाह निर्वाचित हुनुभयो । शाहले आफ्ना प्रतिस्पर्धी नारायणप्रसाद बजगाईंलाई पराजित गर्नुभयो । क्षेत्र नं ५ मा ढुण्डीराज भण्डारी निर्वाचित बन्नुभएको छ । भण्डारीले रोशनकुमार गौतमलाई पराजित गर्नुभयो ।