मंसिर ८, नुवाकोट । नुवाकोट बिदुर नगरपालिका वडा नं. ४ बट्टार बजारमा संकास्पद गतिबिधी गरि ने.क.पा. विप्लव कार्यकर्ता हिडडुल गरि रहेको छ भन्ने बिशेष सुचनाको आधारमा नुवाकोट प्रहरीले ने.क.पा. विप्लव कार्यकर्ता पक्राउ गरेको छ । नुवाकोट सुर्यगढी गाउ पालिका वडा नं. २ का राम कुमार अधिकारी (बादल) सहित ककनी गाउ पालीका वडा नं. ३ का शम्भु प्रसाद ढुंगाना र विनोद ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सुचनाका आधारमा राम कुमार अधिकारी (बादल)लाई नियन्त्रणमा लिई सोधपुछ तथा खानतलासी गर्ने क्रममा उनको साथबाट चन्दा रसिद, सो पार्टीको पर्चाको साथै अन्य कागजात समेत बरामद भएको थियो । उनिसगैं पर्चा पम्प्लेट बितरण लगायतका अन्य कार्यमा शम्भु प्रसाद ढुंगाना र विनोद ढुंगाना पनि संलग्न छन र उनिहरु ककनी गाउपालीकामा लुकिछिपी बसेका छन भन्ने सुचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रबक्ता प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले जानकारी दिनुभयो ।
पक्राउ परेका तिन जनालाई आवश्यक कारबाहीको लागी कानुनी प्रकृया अगाडी बढाईएको नुवाकोट प्रहरीले जनाएको छ । ।