• २०८३ जेष्ठ १ गते शुक्रवार

कैलालीको भूपेन्द्र हत्या अभियोगमा १६ जनाविरूद्ध किटानी जाहेरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या गरेको अभियोगमा एक जना युवकलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । लम्कीचुहा–१ का चिसापानीका १९ वर्षीय मदन शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

शाहीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले धरानबाट पक्राउ गरेको छ । आइतबार बेलुका शाही धरान विजयपुरबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । शाहीलाई कैलालीतर्फ पठाइएको इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

शाही सुनसरी आएको सूचना प्रहरीलाई आएको थियो । पछ्याउँदै जाँदा शाही विजयपुरमा पक्राउ परेको खड्काले जानकारी दिनुभयो । बडुवालको कात्तिक २३ गते राति एक समूहले टीकापुरमा लगेर हत्या गरेको थियो । हत्या गरेको अभियोगमा १६ जनाविरूद्ध किटानी जाहेरी परेको छ । जाहेरी परेकामध्ये शाहीसहित सात जना फरार थिए ।

शाहीसहित बडुवाल हत्याका १० आरोपी पक्राउ परेका छन् । अन्य फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस