मंसिर २, सप्तरी । सप्तरीमा बसले माइक्रोलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । बसले माइक्रोलाई ठक्कर दिँदा अन्य ६ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका ८ बेरियर चोकमा ना ५ ख ४६९२ नम्बरको बसले बा ४ ख ५०७९ नम्बरको माइक्रोलाई आज बिहीवार दिउँसो ४ बजे ठक्कर दिएको हो ।
दुर्घटनामा माइक्रोमा चढेका काठमाण्डौ महानगरपालिकाका ३८ वर्षीय गृषमान सिंह र मोरङगको विराटनगर महानगरपालिका ३ का ४१ वर्षीय चुडाबहादुर बस्नेतको ज्यान गएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकाहरूको अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।