• २०८३ असार १३ गते शनिवार

दुर्घटनामा घाइते भएका डा. दीपक खरेलको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, काठमाडौं । दुर्घटनामा परि घाइते भई राष्ट्रिय ट्रमा सेन्टरको आइसीयूमा उपचारत डा.दीपक खरेलको निधन भएको छ। ट्रमाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोद जोशीले डा. खरेलको आज विहान निधन भएको जानकारी दिएका छन् ।

डा. खरेल कार्तिक २१ गते सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। टाउको र घाँटीमा चोट लागेका उनको बुटवलको एक अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार संभव नभएपछि काठमाडौंको मेडिसिटी अस्पतालमा रिफर गरिएको थियो। त्यहाँबाट पनि उनलाई ट्रमा सेन्टरमा रिफर गरिएको हो।

ट्रमा सेन्टरमा उनको न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको थियो। डा. खरेल कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत थिए।

Sharing

प्रतिक्रिया दिनुहोस