• २०८३ बैशाख २३ गते बुधवार

अन्तर्राष्ट्रिय टी-ट्‍वान्टी शृङ्खलामा नेपाली महिला टोलीलाई ऐतिहासिक सफलता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले दोस्रो टी-ट्‍वान्टी अन्तर्राष्ट्रियमा कतारलाई ६१ रनले पराजित गरेको छ । यो जितसँगै कतारको दोहामा भइरहेको तीन खेलको शृङ्खला नेपाली टोलीले एक खेल अगावै २(० ले आफ्नो पक्षमा पारेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोलीले प्राप्त गरेको यो सफलता हालसम्मकै ऐतिहासिक हो । हिजोको खेलमा जितका लागी १ सय ३० रनको लक्ष्य पछ्याएको कतार १९ दशमलव ३ ओभरमा ६८ रनमै समेटिएपछि यो जीत नेपालको पक्षमा गएको हो ।दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ५० रनको अर्धशतकीय पारी खेलिन् । रुबिनाले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५० रन पूरा गरेकी हुन् । रुबिनाको यो पहिलो टी(ट्‍वान्टी अन्तराष्ट्रिय अर्धशतक हो ।यसअघिको पहिलो खेलमा पनि नेपालले कतारलाई १ सय १९ रनले हराएको थियो । आईसीसी महिला टी(ट्‍वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी(ट्वान्टी शृङ्खला खेलेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस