• २०८३ जेष्ठ १५ गते शुक्रवार

बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोडको ल्याएका छन् । बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका हुन् ।

बजेटमा चालुतर्फ १२ खर्ब ७० अर्ब रहने र भने पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहेको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले उल्लेख गरेका छन् ।

त्यस्तै राजस्व १४ खर्ब ५ अर्बको रहने र अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने बजेटमा उल्लेख छ, जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस