कात्तिक २५, मुगु । राष्ट्रिय जनगणनाका हिमाली जिल्ला मुगुमा ९० जना गणक परिचालन गरिएको छ । आज अर्थात २५ कात्तिक देखि सुरु भएको राष्ट्रिय जनगणनामा सत्य तथ्य तथ्यांक संकलनको लागि ९० जना गणक खटाईएको जिल्ला जनगणना कार्यालय मुगुका कार्यालय प्रमुख कृष्ण चौलागाईले बताए ।
जनगणनाका लागि सम्पूर्ण तयारी पूरा भई खटाई सकेको प्रमुख चौलागाईको भनाई छ । पहिलो चरणमा मुगुमा २० जना सुपरिवेक्षकले १२ हजार ३ सय १० घर तथा घरपरिवारले सूचीकरण गरिसकेको कार्यालयले जानकारी दिएको छ । जनगणनालाई थप प्रभावकारी बनाउन जिल्लाका ३ वटा स्थानमा सोरु , खत्याड र गमगढी बजारमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको उनको भनाइ छ ।
गणना प्रभावकारी भए, नभएको अनुगमन गरिने उनले जानकारी दिए । साथै जिल्लामा जिल्ला समन्वय समिति मुगुका प्रमुख पुर्ण बहादुर रोकायाको विवरण लिई जनगणना सुरु गर्ने तयारी रहेको बताईएको छ ।