कात्तिक २५, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको भूमिकालाई लिएर आन्दोलित कानुन व्यवसायी र प्रहरीबीच भाँडभैलो भएको छ। कानुन व्यवसायीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि अदालत परिसरमा धकेलाधकेलको अवस्था सिर्जना भएको हो।

प्रधानन्यायाधीशको भूमिकालाई लिएर न्यायाधीशहरू चरणबद्ध आन्दोलनमा छन्। न्यायाधीशहरूको आन्दोलनबीच प्रधानन्यायाधीश आज सबैखाले मुद्दाको पेशी तोकेका छन्।
आजका लागि सर्वोच्च अदालतमा ९ इजलास तोकिएको छ। जसमा प्रधानन्यायाधीश जबराको एकल इजलाससहित तीन एकल इजलास, एक पूर्ण इजलास र पाँच संयुक्त इजलास छन्। आजका लागि एक सय ७७ मुद्दाको पेसी तोकिएको छ।
नेपाल बार एसोसिएसनले भने आज पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै धर्ना दिइरहेका छन्। न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने निर्णय गरेका छन्।