• २०८३ बैशाख २८ गते सोमवार

श्रीमतीको हत्या गरी जङ्गलमा फालेको आरोपमा श्रीमान् पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२, कपिलवस्तु । कपिलवस्तुमा श्रीमतीको हत्या गरेर जङ्गलमा फालेको आरोपमा श्रीमान पक्राउ परेका छन् । महाराजगंज नगरपालिका वडा नं. ११ स्थित बाबा बनगाई बस्ने ४५ बर्षको राम केवल लोनियालाई श्रीमती हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

लोनियाले श्रीमती चिन्का लोनियालाई परपुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको भन्दै गत भदौ १५ गते हत्या गरी बुद्धभूमि नगरपालिका वडा नं.९ स्थित चम्पापुर कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा फालेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए ।

अवैध सम्बन्धको विषयमा उनीहरु बीच दैनिक झगडा समेत हुने गरेको थियो । श्रीमतीलाई जंगलमा लगेर हत्या गरेपछि उनी भारततिर गएका थिए । मृतक चिन्का लोनियाको सामुदायिक जंगलमा कंगल फेला परेको थियो । हत्या गरेर फरार रहेका लोनियालाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्धा शीर्षकमा अनुसन्धान कार्य भई रहेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस