• २०८३ बैशाख १९ गते शनिवार

पर्साबाट अवैध लागूऔषध गाँजा सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२, पर्सा । प्रहरीले पर्साबाट अवैध लागूऔषध गाँजा सहित पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका-४ जगरनाथपुरबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित छिपहरमाई गाउँपालिका-२ टिउकी बस्ने ६० वर्षीय रामचन्द्र महतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारततर्फ जाँदै गरेको ना.६३ प १७५५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी चालक महतलाई पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस