• २०८३ जेष्ठ १७ गते आइतवार

थप १ सय ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ लाख १४ हजार ५ सय ५८

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २१, काठमाडौं। थप १ सय ४३ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १४ हजार ५ सय ५८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय १३ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ५ सय ६३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९५ हजार ३ सय ९७ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ४८ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस