कात्तिक १६, पर्सा । शरीर बन्धक तथा अपहरण मुद्दामा अदालतबाट दोषी ठहर ५६ वर्षीय प्रयाग चौधरी ७ वर्ष ९ महिना २८ दिनपछि पक्राउ परेका छन्।
उनलाई काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। उनलाई आज पर्सा जिल्ला अदलतमा हाजिर गराउने तयारी भइरहेको डिएसपी खनालले बताए ।
पर्सा जिल्ला अदालतले २०७० माघ १७ गते उनलाई नौ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनले भारत बिहारको मजफ्फरपुर मुसहरीका २० वर्षीय सञ्जयकुमार यादवलाई २०६७ फागुन २४ गते पर्साको वीरगञ्ज महानगरपालिका-३२ बाट अपहरण गरी शरीर बन्धक बनाएका थिए।