• २०८३ कार्तिक ७ गते शुक्रवार

मुगुमा शैक्षिक सत्र सकिन लाग्दा विद्यालय खुलाउदै

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २४, मुगु । हिमाली जिल्ला मुगुका विद्यालयहरु आज भोलि खुला भई धमाधाम रुपमा पठनपाठन भईरहेका छन् । करिब ९ महिना सम्म बन्द रहेका यहाका विद्यालयहरु आज भोलि खुला भई धमाधमका साथ पठनपाठन भईरहेका हुन ।

जिल्लामा रहेका चार वटा स्थानीय तह मध्ये पहिलो पटक जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोगं गाउपालिकाले कोरोनाको कहरका विच विद्यालय सञ्चालन गरेको थियो । मुगुमा शैक्षिक सत्र चैत बैशाखमा हुने हुदा यो ५ महिनाको अवधिमा यति बेला मुगुका विद्यालयमा पठनपाठन धमाधमका साथ सञ्चालन गरि रहेका छन् । यो ५ महिना भित्रमा पनि २ पुष र माघ महिनामा बढिमात्र कर्णालीका जिल्ला लगायत मुगुमा भारी हिमपात हुने भएकाले यि दुई महिना मुगुका विद्यालय बन्द हुने गरेका छन् । यो ३ महिनाको अवधि भित्र आधा मात्र पठनपाठन गर्न पाउने यहाका विद्यार्थीले बताएका छन् । श्री महाकाली माद्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत छात्रा पञ्चकलि विकका अनुसार यो ३ महिनाको अवधिमा आफुले चाहे जतिको कोर्ष पढ्न नपाउने बताईन ।

उनले भनिन् यो पटक गतिलो सँग पढ्न पाएका छैनौ कसरी परिक्षा दिने भनेर उनले आफ्नो दुख सुनाईन । जिल्लाको उतरी भेगमा पर्ने सोरु गाउपालिकाले यहि सोमवार अर्थात मंसिर १५ गते बाट गाउपालिका भित्रका सबै विद्यालय सञ्चालनमा ल्याएको छ । मंसिर १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको छ कि गाउँपालिका भरिका सबै सरकारी तथा निजि क्षेत्र बाट सञ्चालन भएका विद्यालयहरु खोल्ने निर्णय भएको सोरु गाृपालिकाले जनाएको छ । गाउपालिकाका अनुसार करिब आधा वर्षे सम्म देखि बन्द रहेका विद्यालयहरु अब स्वास्थ्य मापदण्ड अपनाई गाउँपालिका स्थीत सम्पुर्ण सामुदायिक बिद्यालयहरु सञ्चालन गर्ने निर्णय भएको सोरु गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र मल्लले जानकारी दिए ।

उनका अनुसार नियमित रुपमा पठन पाठन सुरु भईसकेको जानकारी गराए । यता गाउपालिकाका स्थानीयका अनुसार गाउपालिकाले न त स्वास्थ्य सामग्री सहयोग गर्यो न त विद्यालयले सामाजिक दुरी कायम राखे । सामाजिक दुरी कायम नराखि कोभिड १९ ले छोईन यहाका स्थानीयको भनाई रहेको छ । पछिल्लो समय कोरोना भाईरस कोभिड १९ ले उग्र रुप लिईरहेको अवस्थामा यस्तो स्वास्थ्य मापदण्ड नअपनाए कोभिड १९ को संक्रमण हुने बताईएको छ ।

यस्तै जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले पनि मंसिर १८ गते बाट नगर भित्र रहेका सामुदायिक तथा निजि विद्यालय खुलाएको छ । नगरपालिकाको एक सुचना जारी गर्दे मंसिर १८ गते बाट नगरका विद्यालय सञ्चालन गर्न अनुमति पाएको छायानाथ रारा नगरपालिका शिक्षा शाखाका प्रमुख खड्ग बहादुर रोकायाले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस