• २०८३ बैशाख ८ गते मङ्गलवार

सर्वोच्च अदालतमा न्यायाधीशहरुले सीमित मुद्दा मात्र हेर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १६, काठमाडौं । सर्वोच्च अदालतमा आज पनि न्यायाधीशहरुले सीमित मुद्दा मात्र हेर्ने भएका छन् । बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइ हुने र अन्य मुद्दाको सुनुवाइ नहुने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरू आन्दोलित छन् । अघिल्लो आइतबारदेखि नै इजलास बहिष्कार गरेका उनीहरु हिजोबाट ससर्त इजलासमा फर्केका हुन् । आजका लागि बन्दीप्रत्यक्षीकरणका ६ वटा मुद्दाको पेशी तोकिएको छ । तीमध्ये ४ वटा संयुक्त इजलासमा र २ वटा एकल इजलासमा पेसी तोकिएको छ ।

तर प्रधानन्यायाधीश भने इजलासविहीन बसेका छन् । न्यायाधीशहरुले नै प्रन्या जबरालाई इजलास नबस्न भनेपछि जबराले आफ्ना लागि सोमबार र आज कुनै पनि मुद्दामा इजलास राखेका छैनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस