• २०८३ मङ्सिर ४ गते बिहिवार

४९ सांसदको हस्ताक्षरसहित प्रदेश १ सरकारमा विपक्षी गठबन्धनको दाबी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १५, मोरङ । प्रदेश १ मा नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धनले दाबी पेस गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष पाँच दलीय गठबन्धनले सरकार गठन गर्न सोमबार दाबी पेस गरेको हो ।

प्रदेश प्रमुखले प्रस्ताव आह्वान गरेलगतै गठबन्धनका नेताहरूले प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेस गरेका हुन् । ४९ जना सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरिएको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए ।

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिए लगत्तै प्यासीले मंगलबार दिउँसो १ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस