जेठ १४, काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा केही दिनपहिले संघीय संसद्मा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको छ ।
आर्थिक सर्वेक्षणको पूर्ण पाठ पढ्नुहोस् :
[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2022/05/आर्थिक-सर्वेक्षण-२०७८-७९-अन्तिम-२०७८-०२-११.pdf” title=”आर्थिक सर्वेक्षण २०७८-७९ अन्तिम (२०७८-०२-११)”]