• २०८३ बैशाख ७ गते सोमवार

सुर्खेतमा बम विस्फोट हुँदा दुई जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ६, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–७ मा रहेको कट्कुवा सामुदायिक वनमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कट्कुवा सामुदायिक वनमा बिहान भएको बम विस्फोटमा परेर घाँस काट्न गएका दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षकी लीला नेपाली र उहाँका भाइ १४ वर्षका नरेश नेपाली घाइते भएको हो ।

घाइते दुवै जनाको देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । बेवारिसे अवस्थामा रहेको बम विस्फोट भएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस