• २०८३ जेष्ठ १९ गते मङ्गलवार

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार देशभर बाढी तथा पहिरोका कारण जनधनको क्षति भएपछि पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्तिबारे आवश्यक निर्णय लिन बैठक बोलाइएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा यसबाहेक केही दैनिक प्रशासनिक कार्य सञ्चालनका सन्दर्भमा पनि निर्णय हुने बताइएको छ । आजै मन्त्रिपरिषद् बैठकअघि देउवाले विपद् प्राधिकरणको बैठक पनि बोलाएका छन् ।

आइतबारदेखिको अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट देशभर ४८ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका अनुसार ११ जिल्लाका ४८ जनाको बाढी तथा पहिरोका कारण मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस