• २०८३ जेष्ठ ८ गते शुक्रवार

बाढीपीडितलाई राहत सामाग्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ३, बर्दिया । बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको बाढीपीडित परिवारलाई बर्दिया अक्सिजन बैंकले पहिलो चरणको राहत सामग्री वितरण गरेको छ ।

बाढीबाट विस्थापित परिवारको लागि पहिलो चरणको राहत सामग्री राजापुर नगरपालिकामार्फत २६ थान त्रिपाल, ५० कार्टुन पानी, ५० किलो दालमोट, एक क्विन्टल चिउरा र २० कार्टुन चाउचाउ वितरण गरिएको बर्दिया अक्सिजन बैंकका संयोजक भरत पौडेलले बताउनुभयो । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा बाढीका कारण एक हजार बढी घर डुवानमा परेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस