• २०८३ बैशाख १९ गते शनिवार

माछा मार्न गएका तीन बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २, कैलाली । कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, सोही ठाउँका विक्रम घर्ती मगर र खडक राना मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

निजका आफन्त तीर्थबहादुर घर्ती मगरले आज इलाका प्रहरी कार्यालय चिसापानीमा जानकारी गराएपश्चात तत्काल प्रहरी टोली उक्त स्थानमा खटी निजहरुको खोजतलास कार्य भइरहेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस